सिन्धुपाल्चोक/२० असोज
इन्द्रावती गाउँपालिका–३, सिन्धुपाल्चोकमा सामुदायिक स्वास्थ्य निरुपणका कार्यक्रम सम्पन्न भएको छ ।
होप इन्टरनेशनल कलेज ललितपुरबाट गएका जनस्वास्थ्य पाँचौ सेमेष्टरका विद्यार्थीहरुले सो वडामा स्वास्थ्य सम्बन्धि तथ्यांक तथा सोको विश्लेषण स्वास्थ्य सिविर समेत सम्पन्न गरेको छ ।
समुदाय स्तरमा देखिएका स्वास्थ्य समस्या पहिचान गरि सो सम्बन्धमा तत्काल उपलब्ध श्रोत साधनको प्रयोग गरि समुदाय स्तरमा जनचेतनामुलक कार्यक्रम संचालन समेत गरिएको थियो ।
सुक्ष्म स्वास्थ्य परियोजना अन्तर्गत नसर्ने रोग सम्बन्धि एक दिने परामर्श,स्क्रीनिंग सिविर संचालन गरिएको थियो ।
सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमका ग्रुप लिडर विष्णु देव पन्तका अनुसार सो समुदायमा ज्येष्ठ नागरिकहरूको जनसंख्या बढी र नसर्ने रोगको बारेमा न्यून जानकारी रहेको पाइएको छ । सो रोगको समुदायमा प्रकोप हुने सक्ने अनुमान गरेर वडा कार्यालय र कुन्चोक स्वास्थ्य चौकीको सहयोगमा १ दिने सिविर संचालन गरिएको थियो ।
-
20 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments