थाहानगर/१९ असोज
संघीय सरकारको निर्णय पुरै कार्यान्वयन गर्न नसके पनि थाहा नगरपालिकाले पनि शिक्षा क्षेत्रका कर्मचारीहरुको तलव आंशिक रुपले वृद्धि गरेको छ ।
संघीय सरकारले लेखापाल, प्रारम्भिक बालविकास केन्द्र (इसीडी) का शिक्षक र कार्यालय सहयोगीको तलब स्थानीय सरकारले समेत वृद्धि गरि १५ हजार पुर्याउने वजेट भाषणमै सम्बोधन गरेको थियो तर थाहा नगरपालिकाले श्रोत नभएको जनाउदै तलब वृद्धि गर्न नसकेको जनाउदै आएकोमा गत साउनदेखि नै लागू हुने गरि आंशिक तलब वृद्धि गरेको छ ।
यसअघि लेखापालको तलब ११ हजार ५ सय रहेकोमा संघीय सरकारले २ हजार वृद्धि गरि स्थानीय सरकारले १५ सय वृद्धि गरि १५ हजार पुर्याउने कुरा उल्लेख थियो ।
यसैगरी इसीडी कर्मचारीहरुले अब १२ हजार र कार्यालय सहयोगीले १० हजार पाउने थाहा नगर शिक्षा संयोजक शशीधर सुवेदीले बताउनु भयो । कार्यालय सहयोगी र इसीडीका शिक्षिकाहरुलाई नपुग तलबका लागि संघीय सरकारसङ्ग अनुरोध गर्ने सुबेदीले बताउनु भयो ।
"उहाँहरुको मागलाई ढिलै भएपनि संबोधन गरेका छौँ, अपुग तलब संघीय सरकारसङ्ग अनुरोध गर्नेछौं ।" सुबेदीले भन्नुभयो ।
थाहानगरका बिद्यालयहरुमा ६२ जना इसीडी, ५३ जना कार्यालय सहयोगी र ११ जना लेखापाल कार्यरत छन् । वृद्धि तलबमान अनुसार नगरमा वार्षिक ४८ लाख १६ हजार ५ रुपियाँ थप खर्च हुनेछ ।
-
19 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments