Byroad News

Loading...

शिखरकोटको नेपालय मिटमार्टमा महालक्ष्मीका ग्राहकलाई छुट


शिखरकोटको नेपालय मिटमार्टमा महालक्ष्मीका ग्राहकलाई छुट

थाहानगर/१ असोज
महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले शिखरकोटस्थित नेपालय मिटमार्टबाट सामाग्री खरिद गर्दा ५ प्रतिशत छुट पाउने भएका छन् । 

महालक्ष्मी विकास बैंक पालुङ शाखा प्रबन्धक संगिता बज्रचार्य र थाहा नगरपालिका वडा नम्बर ३ शिखरकोटमा रहेको नेपालय मिटमार्टका संचालक दिपेश केसीबीच १ असोजमा भएको सम्झौता अनुसार ग्राहकले ५ प्रतिशत छुट पाउने भएका हुन् ।

महालक्ष्मी बैंकले आफ्नो सेवालाई ग्राहकसम्म सहजै पुर्याउन तथा डिजिटल पेमेन्टलाई समेत प्रोत्साहन गर्न यस किसिमको सम्झौता गरिएको पालुङ शाखा प्रबन्धक संगिता बज्राचार्यले बताउनु भयो । आफ्ना ग्राहकलाई गुणस्तरीय सेवाका साथसाथै थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकसंग सम्झौता गरिएको मिटमार्ट संचालक दिपेश केसीले बताउनु भयो । 

सम्झौताअनुसार बैंकका ग्राहकले आफू महालक्ष्मी विकास बैंकको ग्राहक भएको प्रमाणित कागजात वा एटीएम साथमै लिएर खरिदका लागि जानुपर्ने हुन्छ । साथै महालक्ष्मीका ग्राहकले डिजिटल भुक्तानी गर्दा पनि तोकिएको छुट पाउने प्रबन्धक बज्राचार्यले बताउनु भयो । महालक्ष्मी विकास बैंक पालुङ शाखाले मकवानपुरको उत्तरी क्षेत्रका अन्य व्यवसायिक प्रतिष्ठान तथा होटल र रिसोर्टमा पनि यस किसिमको विजनेश टाइअप कार्यक्रम संचालन गर्ने योजना रहेको बैंकका नितेश पाण्डेले जानकारी दिनुभयो ।

Comments

KATHMANDU WEATHER