Byroad News

Loading...

शिक्षा शाखाको निर्देशनपछि चौतर्फी आलोचना, शिक्षा अधिकारीद्वारा स्पस्टिकरण


शिक्षा शाखाको निर्देशनपछि चौतर्फी आलोचना, शिक्षा अधिकारीद्वारा स्पस्टिकरण

थाहानगर/१ असोज
थाहानगर शिक्षा शाखाद्वारा विद्यार्थी भर्ना सम्बन्धमा विद्यालयहरुलाई जारी गरिएको निर्देशनपछि चौतर्फी आलोचना भएपछि नगर  शिक्षा अधिकारीले स्पष्टीकरण दिनु भएको छ ।

"विद्यार्थी भर्ना गर्दा पुरानो विद्यालयमा वक्यौता बाकी राखी अन्यत्र भर्ना गर्दा पुरानो विद्यालयहरुलाई समस्या परेको हुँदा स्थानान्तरण प्रमाणपत्र अनिवार्य लिएर मात्र भर्ना गर्नु" भन्ने आशयको परिपत्र गरेपछि सामाजिक सञ्जालमा निक्कै आलोचना भएको थियो । सोहि आलोचनाको नेतृव गर्दै असोज १ गते स्वतन्त्र युवा सञ्जालका अध्यक्ष सुमन रायमाझी, राप्रपा थाहानगर अध्यक्ष नविन रायमाझी, नेपाली काङ्ग्रेस वडा नम्बर ४ का वडा सभापति श्रीकृष्ण केसी, एमाले निकट राष्ट्रिय युवा संघ थाहानगर अध्यक्ष प्रदिप भट्ट, जिल्ला सदस्य सुजन कार्की र स्वतन्त्र युवा सञ्जालका सदस्य आयुष कार्कीको टोलीले नगर प्रमुख लवशेर विष्ट र शिक्षा अधिकारी शोभाकर रेग्मीलाई भेटी निर्णय सच्याएर विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाउनु भएको थियो ।

यसैगरी, असोज १ गते नै नेकपा माओबादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) नगर कमिटीले विज्ञप्ति जारी गरि शिक्षा शाखाद्वारा जारी निर्देशन प्रति भर्सना गरिएको थियो । दिउँसो सो विज्ञप्ति वाइसीएल नगर कमिटी अध्यक्ष मानसिं पाख्रीन र अनेरास्ववियु (क्रान्तिकारी) नगर अध्यक्ष सुशान्त सिन्तानले नगर प्रमुख विष्ट र शिक्षा अधिकारी रेग्मीलाई हस्तान्तरण गर्दै निर्देशन सच्याउन माग गरेको थियो ।

चौतर्फी आलोचना पछि नगर शिक्षा शाखाले निर्देशन सच्याउदै भनेको छ, "आर्थिक लेनदेनको विषयमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, थाहा नगर कार्य समितिको मिति २०७८।०५।२८ को पत्रको सन्दर्भमा उल्लेख भए तापनि उक्त विषय विद्यालय व्यवस्थापन र अभिभावक बीचको आन्तरिक विषय भएकोले यस शाखाको क्षेत्राधिकार भित्र नपरेको हुँदा निर्देशन दिइरहनु परेन" यसैगरी स्पष्टीकरणको दोस्रो बुदामा " स्थानान्तरण प्रमाण पत्रका सम्बन्धमा प्रचलित शिक्षा ऐन नियमावलीले एउटा विद्यालय छाडी अर्को विद्यालयमा भर्ना हुन जाँदा स्थानान्तरण प्रमाण पत्र लिएर मात्र भर्ना गर्ने गराउने व्यवस्था भएको हुँदा उक्त व्यवस्था पूर्णरुपमा परिपालन गर्नुगराउनु हुन" 

यसअघि, निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन-नेपाल (प्याव्सन) थाहानगर कमिटीले नगर प्रमुख विष्ट र शिक्षा अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउदै बिना शैक्षिक प्रमाणपत्र तथा स्थानान्तरण प्रमाणपत्र नलिई पुरानो शुल्क बाकी बक्यौता राखी एक विद्यालयबाट अर्को विद्यालयमा भर्ना भइरहेकोले आफूहरु मर्कामा परेको हुँदा स्थानान्तरण प्रमाणपत्र लिएर मात्र विद्यार्थी भर्ना गर्न गराउने व्य्वस्था गरिदिन आग्रह गरेको थियो ।          सञ्जालले बुझाएको ज्ञापनपत्र                 अनेरास्ववियु (क्रान्तिकारी)ले निकालेको विज्ञप्ति          शिक्षा शाखाले निकालेको स्पष्टीकरण पत्र

Comments

KATHMANDU WEATHER