थाहानगर/१ असोज
जीपी कोइराला फाउन्डेसन नेपाल मकवानपुर क्षेत्र नम्बर २ कले थाहानगरको जनकल्याण माविका साढे तीन सय विद्यार्थीका लागि ट्राकसेट वितरण गरेको छ ।
फाउन्डेसनले बिद्यालयका ईसीडीदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीका लागि एक कार्यक्रमका बीच ट्राकसेट वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य निरोज प्रधानले जानकारी दिनुभयो ।
विव्यस अध्यक्ष राजिव कुमार स्याङ्दानको सभाध्यक्ष तथा फाउन्डेसनका बागमति प्रदेश मकवानपुर २ क का संयोजक प्रमोद कृष्ण जोशीको प्रमुख आतिथ्यतामा सो ट्राकसेट वितरण गरिएको हो ।
सो ट्राकसेट नेपाली काङ्ग्रेसका नेता जयराम लामिछानेले सहयोग उपलब्ध गराएको फाउन्डेसनले जनाएको छ ।
Featured News
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments