Byroad News

Loading...

कक्षा १२ को परीक्षा आजदेखि, होम सेन्टरबाटै परीक्षा दिन पाइने


कक्षा १२ को परीक्षा आजदेखि, होम सेन्टरबाटै परीक्षा दिन पाइने

काठमाडौं/३० भदौ
नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।

यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै फेरि स्थगित गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले पुन: विद्यार्थीहरुलाई भौतिक रुपमै उपस्थित गराएर आजदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । परीक्षा केन्द्रमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न बोर्डले अनुरोधसमेत गरेको छ ।

विषम् परिस्थिति भएकोले यो वर्ष विद्यार्थीलाई होम सेन्टरबाटै परीक्षा दिने व्यवस्था गरिएको छ । साथै, कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीलाई पनि छुट्टै राखेर परीक्षा लिन सकिने व्यवस्था बोर्डले गरेको छ ।

यसपटकको कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

भौतिक रुपमै परीक्षा सञ्चालन हुने भएपछि सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप पनि दिएको छ ।

Comments

KATHMANDU WEATHER