हेटौंडा/२९ भदौ
कोरोना संक्रमणको कारण बिगत चार महिना अघिदेखि प्रशासनले तोकेको समयमा मात्र हेटौंडाका व्यावसाय खुल्दै आएपनि अब भने दिनमा २४ सै घण्टा आफ्ना सेवा सञ्चालन गर्न पाउने भएका छन् ।
यसअघि बिहान ६ बजेदेखि साझ ६ बजेसम्म मात्र व्यवसायहरु सञ्चालन गर्न पाउने भएपनि अब भने पसल खोल्नका लागि समयको पावन्दी नभएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनु भयो ।
असोज १ गतेबाट बेलुका ६ बजेपछि पसलहरु बन्द गर्नुपर्छ भनेर प्रहरीले साइरन र सिटी बजाउँदै आउने छैन । मकवानपुरमा २४ सै घण्टा व्यवसाय गर्न पाइने भएको छ । आगामी असोज १ गतेबाट व्यवसाय २४ सैं सञ्चालन गर्न पाइने भएको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै व्यवसाय २४ सै घण्टा संचालन गर्न पाइने जानकारी दिएको हो । यसअघि मकवानपुरमा व्यवसाय संचालन गर्ने समयसीमा विहान ६ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको थियो। प्रशासनका अनुसार सिनेमाहल, दोहोरी साँझ पनि संचालन गर्न छुट दिइएको छ । निषेधाज्ञा अवधि भने असोज १५ गतेसम्म लम्बाइएको छ ।
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments