थाहानगर/२० भदौ
नेपाल जेसीजको क्षेत्र ख सम्मेलन आजदेखि पालुङमा सुरु हुँदैछ ।
नेपाल जेसीजका चार वटा क्षेत्रहरुमध्ये ख सम्मेलन पालुङ जेसीजको आतिथ्यतामा हुन लागेको हो । "परिवर्तनका लागि उठाैँ/जागौँ, मानव विकासका लागि नेतृत्वको अभ्यास" प्रकरणसहित सुरु हुने सम्मेलनमा देशभरबाट करिव २५० युवाहरुको सहभागिता रहने सम्मेलन निर्देशक सुरेन्द्रमान प्रधानले बताउनु भयो ।
जेसीज हल, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहल, होटल गङ्गा, होटल शङ्कर, होटल पाइनस, साहारा रिसोर्टका हलहरुमा भौतिक दुरी कायम गरि सम्मेलनका कार्यक्रमहरु हुने निर्देशक प्रधानले जानकारी दिनुभयो ।
सम्मेलन नेपाल टेलिभिजनका पूर्व सञ्चालक समितिका अध्यक्ष, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजि, पपया न्युगिनीका लागि पूर्व नेपाली राजदुत महेश दाहालको प्रमुख आतिथ्यतामा हुदैछ ।
सम्मेलनमा प्रकरण गोष्ठी, वक्तृत्वकला, तालिम, क्षेत्रीय साधारणसभाहरु हुनेछ ।
सम्मेलनले थाहानगरको आन्तरिक पर्यटनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।
-
20 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments