हेटौंडा/१७ भदौ
मकवानपुरमा कोरोना जोखिमको कारण करिब ५ महिनादेखि बन्द रहेको शैक्षिक संस्था जोखिम हेरेर स्थानीय तहले खोल्न पाउने भएका छन् ।
आज जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले जिल्लाको स्थानीय तहलाई संक्रमणको जोखिमको अवस्था हेरेर विद्यालय खोल्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब स्थानीय तहले स्थानीय तहमा संक्रमणको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डको पालना गराउँदै विद्यालय संचालन गर्न सक्नेछन् । यसैबीच, थाहा नगरपालिकाले विद्यालय सञ्चालन सम्बन्धमा निर्णय गर्न भदौ २१ गते नगर शिक्षा समितिको बैठक राखिने मेयर लबशेर विष्टले बताउनु भयो ।
जिल्लामा आजको दिनमा ३ सय ९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा २८२ जना आफ्नै घरमा र २७ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments