Byroad News

Loading...

आज देशभर थप १८५७ जनामा कोरोना, २७ जनाको मृत्यु


आज देशभर थप १८५७ जनामा कोरोना, २७ जनाको मृत्यु

हेटौंडा/१२ भदौ
नेपालमा थप १ हजार ८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार १७६ जनामा पीसीआर र एन्टीजेन परीक्षण गर्दा थप १ हजार ८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २२२ जनाले कोरोना जितेका छन् । 

यसैगरि पछिल्लो २४ घण्टामा नेपालमा थप २७ जना संक्रमितको मृत्यु भएको छ । यो संगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६९० जना पुगेको छ । नेपालमा हाल ३६ हजार ८ सय ६६ जना सक्रिय संक्रमित उपचारत रहेका छन् ।

Comments

KATHMANDU WEATHER