काठमाडौं/११ भदौ
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
८ हजार ७ सय ५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ७७ र ४ हजार ३ सय ६५ को एन्टीजेन परीक्षणमा ४ सय ८८ जना गरी २ हजार ६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ भने २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७ सय ९२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ६ सय ६३ पुगेको छ भने ७ लाख ८ हजार २ सय ३० जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय ९९ जना रहेका छन् । जसमध्ये ३४ हजार ६ सय ७६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ९ सय २३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय २२ जना आईसीयू र १ सय ७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।
-
19 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments