Byroad News

Loading...

कर नतिर्नेको घर-आँगनमा आज काठमाडौं महानगरको पञ्चेबाजासहित नाचगान


कर नतिर्नेको घर-आँगनमा आज काठमाडौं महानगरको पञ्चेबाजासहित नाचगान

काठमाडौं/९ भदौ
तिर्नुपर्ने घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाव दिने भन्दै काठमाडौं महानगरपालिकाले पञ्चेबाजासहित उनीहरुको घर आँगन र कार्यालय परिसरमा चेतनामुलक कार्यक्रम गर्ने भएको छ ।

घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गर्दा पनि अटेर गरेपछि महानगरपालिकाले यो चेताना मूलक अभियान सञ्चालन गरेको जानकारी दिएको छ ।

काठमाडौं महानगरपालिकाको आग्रह र सार्वजनिक सूचनालाई समेत अटेर गरेपछि बाध्य भएर करदाताको कार्यालय तथा घर-आँगन परिसरमा पञ्चेबाजासहित कर बुझाउन चेतनामूलक कार्यक्रम गर्न बाध्य भएको महानगरले जनाएको छ ।

आज नयाँबजार, न्युरोड, दरबारमार्ग लगायतका स्थानका करदाताको कार्यालय परिसरमा पञ्चेबाजासहितको अभियान सञ्चालन गर्नेछ । 

कर बुझाउन  आग्रहसहित असार १६ र साउन २४ मा सार्वजनिक सूचना प्रकाशित गर्दा समेत अटेर गरेपछि आजबाट कान्तिपुर होटल, शिशु अर्याल, होटल प्लाटिनियम, हृवाइट फिल्ड स्कुल, रञ्जना ट्रेड सेन्टर, केशा पोपटि्रज प्रालि, आरवी कम्प्लेक्सलगायतका स्थानमा आज पञ्जेबाजासहितको अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए भदौ २४ देखि सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गर्ने पनि जनाएको छ ।

Comments

KATHMANDU WEATHER