काठमाडौं/७ भदौ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो । डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपियाँले बढेको छ ।
अब पेट्रोल प्रतिलिटर १३० रुपियाँ, डिजेल तथा मटितेल ११३ रुपियाँ र हवाई इन्धन ८६ रुपियाँ कामय भएको निगमले जनाएको छ । एलपी ग्यास प्रति सिलिण्डर २५ रुपियाँ बढाएर १ हजार ४५० कायम गरिएको निगमले जनाएको छ ।
निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपियाँले बढाएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको छ ।
इण्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको बताएको छ । गत असार ३० गते पनि निगमले मूल्य समायोजन गरेको थियो ।
मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८.४२ रुपियाँ, डिजेलमा प्रति लिटर २.६४ रुपियाँ तथा एलपी ग्याँसमा प्रति सिलिण्डर ४२०.७५ रुपियाँ घाटा रहने निगमले बताएको छ ।
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments