Byroad News

Loading...

मानुषी लघुवित्तको आईपीओ बाँडफाँड


मानुषी लघुवित्तको आईपीओ बाँडफाँड

काठमाडौं/७ भदौ
मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । 

कम्पनीले साउन २७ देखि ३१ गतेसम्म निष्काशनमा ल्याएको शेयर आज सोमबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टमा बाँडफाँट भएको हो ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले शेयर वितरण भएको छ । गोलाप्रथाबाट भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता शेयर पाएका छन् भने भाग्यमानी ३ जनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाएका छन्।

लघुवित्तको आईपीओमा २३ लाख ५४ हजार ७८४ जना आवेदक मध्ये ९८.४७ प्रतिशत आवेदकले शेयर पाएनन् ।

लघुवित्तले प्रति कित्ता १०० रुपियाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रुपियाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो । 

त्यसमध्ये कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो ।

Comments

KATHMANDU WEATHER