हेटौंडा/६ भदौ
नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्यसमिति सदस्य ५० वर्षीय मिलन परियारको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका ९ निवासी परियारको गएराति पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
परिवारका अनुसार कोरोना संक्रमणपछि स्वास्थ्यमा थप समस्या भएको र शुक्रबार भरतपुर स्थित सीएमसी अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।
अस्पतालले थप उपचारको लागि पाटन अस्पताल रिफर गरेको थियो । परियारको गएराति १ बजे पाटन अस्पतालमा निधन भएको हो । परियार मुटु सम्बन्धी रोगबाट पनि पीडित रहेका थिए ।
Featured News
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments