Byroad News

Loading...

भदौ ६ र ७ गते चन्द्रागिरी हुँदै दुई पाङ्ग्रे सवारीलाई खुल्ला


भदौ ६ र ७ गते चन्द्रागिरी हुँदै दुई पाङ्ग्रे सवारीलाई खुल्ला

थाहानगर/५ भदौ
लामो समयदेखि स्तरोन्नतिको कामका कारण यातायात अवागमन बन्द रहेको थानकोट-चन्द्रागिरी-चित्लाङ खण्डमा भदौ ६ र ७ गतेलाई दुई पाङ्ग्रे सवारीसाधनलाई खुल्ला गरिएको छ ।

सडक निर्माण अभियान्ता तथा पूर्व सभासद सुवाषचन्द्र ठकुरीले जनैपूर्णिमा तथा गाईजात्राको अवसरमा सो बाटो खुल्ला गरिएको सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।

विहान ८ बजेसम्म, विहान ११ बजेदेखि मध्यान्ह १२ बजे र बेलुकी ७ बजेदेखि सो मार्ग हुँदै दुई पाङ्ग्रे सवारी अवागमन खुल्ला गरिएको जानकारी दिनु भएको हो ।

Comments

KATHMANDU WEATHER