Byroad News

Loading...

बेरुजु फछ्यौटमा फेरि पनि थाहा नगरपालिका उत्कृष्ट


बेरुजु फछ्यौटमा फेरि पनि थाहा नगरपालिका उत्कृष्ट

थाहानगर/५ भदौ
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमा थाहा नगरपालिकाको बेरुजु ०.४८ प्रतिशत रहेको छ । १ प्रतिशत भन्दा तल बेरुजु रहने पालिका उत्कृष्ट हुने गर्छ । त्यसमा पनि थाहानगरको सबैभन्दा कम ०.४८ प्रतिशत रहेकाले मकवानपुर मै प्रथम भएको हो ।

अबको केही दिनमा महालेखा परीक्षकको कार्यालयले देशैभरिको मूल्यांकन नतिजा सार्वजनिक गर्नेछ ।

यो बेरुजु प्रतिशत मकवानपुरको दश पालिकामध्ये कम बेरुजु हो | यससंगै थाहा नगरपालिका मकवानपुरमा उत्कृष्ट भएको छ ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/०७७ मा थाहाको १ अरब ८० करोड २९ लाख २३ हजार बजेटको लेखापरीक्षण भएको थियो ।

त्यसैगरी बेरुजु कम हुने पालिकाहरुमध्ये मकवानपुरको दोस्रो स्थानमा भिमफेदी गाउँपालिका भएको छ । भिमफेदीको कुल ९ ३ करोड ६६ लाख ३२ हजार रुपियाँ बजेटको लेखा परीक्षण हुँदा १.१२ प्रतिशत मात्र बेरुजु भएको छ ।

त्यस्तै मकवानपुरगढी गाउँपालिका तेस्रो भएको छ । गढीको कुल १ अरब १७ करोड ९ ४ लाख १० हजार रुपियाँको लेखा परीक्षण हुँदा २.०५ प्रतिशत बेरुजु देखिएको छ ।

Comments

KATHMANDU WEATHER