काठमाडौं/४ भाद्र
पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १७ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा १० हजार ५३० जनाको पीसीआर र ७ हजार १२४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो।
त्यस्तै, २ हजार २४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
यसको संक्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ।
हाल देशभर ४० हजार ३ सय ९ सक्रिय संक्रमित छन्।
Featured News
-
19 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments