हेटौंडा/४ भदौ
मकवानपुरको हेटौंडामा सुनको गहना चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर प्रहरीले हेटौंडा २ पिपलबोट छेउमा रहेको मनोज राईको सुन बनाउने ठाउँबाट ६५ लाल सुन र ७६ हजार रुपियाँ नगद चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा हेटौंडा १० राप्तिरोड बस्ने २५ वर्षीय सन्दिप जोशी रहेका छन् ।
गएको साउन २३ चोरी भएको निवेदन परेकोमा आज शुक्रबार जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जोशीलाई आज (शुक्रबार) हेटौंडा १२ पदमपोखरीबाट पक्राउ गरिएको हो ।
Featured News
-
20 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments