Byroad News

Loading...

मकवानपुरमा कोरोना संक्रमित घट्दै, एकै दिन संक्रमितभन्दा निको हुने तेब्बर बढी


मकवानपुरमा कोरोना संक्रमित घट्दै, एकै दिन संक्रमितभन्दा निको हुने तेब्बर बढी

हेटौंडा/१ भदौ
मकवानपुरमा कोरोना पुष्टि हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । जिल्लामा आज पनि कोरोना पुष्टि हुने भन्दा कोरोना निको हुने तेब्बर बढी रहेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना पुष्टि भएका छन् भने ९२ जनाले कोरोना जितेका छन् । मंगलबार ११८ जनाको पीसीआरमा १८ जना र २३३ जनाको एन्टीजेन परीक्षणमा ११ जना गरी २९ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसअघि सोमबार जिल्लामा ४९ जनामा कोरोना पुष्टि हुँदा १ सय १६ जनाले कोरोना जितेका थिए । यो संगै जिल्लामा कोरोना जित्नेको संख्या बढे संगै सक्रिय संक्रमितको संख्या घटेको छ ।

जिल्लामा हाल ३ सय ६८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ३३० जना घरमा र ३८ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको कार्यलयलले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ५५ जनाको मृत्यु भएको छ ।

Comments

KATHMANDU WEATHER