Byroad News

Loading...

भीमफेदी गाउँपालिका सर्यो आफ्नै भवनमा, मुख्यमन्त्री पौडेलद्वारा उद्घाटन


भीमफेदी गाउँपालिका सर्यो आफ्नै भवनमा, मुख्यमन्त्री पौडेलद्वारा उद्घाटन

भीमफेदी/३२ साउन
मकवानपुरको भीमफेदी गाउँपालिका आफ्नै नयाँ निर्मित प्रशासकीय भवनमा सरेको छ ।

सोमबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक कार्यक्रमका बीच पालिकाको नयाँ बनेको प्रशासकीय भवनको रिवन काटेर उद्घाटन गर्नुभयो । 

स्थानीय तह घोषणासंगै घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएकोमा पालिका आफ्नै भवनमा सर्ने भएको हो । हलसमेत गरेर ४ करोड १२ लाख रपियाँको ठेक्कामा २०७६ साल साउन १४ गतेबाट निर्माण भई सम्पन्न भएको हो ।

तत्कालै पालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । 

उक्त भवनको निर्माणका लागि जिससले ८ कट्ठा ८ रोपनी जग्गा उपलब्ध गराएको हो । साढे तिन तलाको भवन १७ मिटर चौडाई र ३५ मिटरको लम्बाइमा बनेको छ । भवन निर्माणमा संघीय सरकारको एक करोड ४० लाख, जिससले दुई करोड रकम प्रदान गरेको छ भने बाँकी रहेको ७२ लाख ८२ हजार गाउँपालिकाले रकम हालेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन कुवरले बताउनु भयो । 

Comments

KATHMANDU WEATHER