थाहानगर/३१ साउन
अझै भौतिक रुपले विद्यालय खुल्ने अनिश्चित हुँदै गएपछि थाहानगरका सामुदायिक विद्यालयहरुले पनि क्रमिक रुपले अनलाइन मार्फत पठनपाठन सुरु गर्न थालेका छन् ।
नगरका निजी विद्यालयहरुले बैशाखदेखि नै अनलाइनबाट पठनपाठन क्रियाकलाप गरेको भएपनि सामुदायिक विद्यालयहरुले विभिन्न कारण शैक्षिक गतिविधि गर्न सकेका थिएनन् ।
भौतिक कक्षाको सुनिश्चितता नभएपछि अनलाइन नै अन्तिम विकल्प बनेको भन्दै क्रमिक रुपले पठनपाठन सुरु गरेको जानकारी आएको नगर शिक्षा शाखाले जनाएको छ ।
थाहानगरका सामुदायिक विद्यालयहरु अनलाइन कक्षाप्रति विद्यार्थी र अभिभावक पनि सन्तुष्ट रहेको झम्केश्वरी माविका प्रधानाध्यापक उद्वव आचार्यले बताउनु भयो । 'अहिले ६ कक्षादेखि १० सम्म मूख्य विषयहरुको कक्षा चलाइरहेका छौँ । ५० देखि ७५ प्रतिशत विद्यार्थीहरुको सहभागिता छ ।' प्रअ आचार्यले बताउनु भयो ।
उता, मत्स्यनारायण माविले पनि आइतबारदेखि कक्षा ८ देखि १० सम्मका लागि अनलाइन कक्षा सुरु गरिएको शिक्षक श्याम तामाङले जानकारी दिनुभयो । ८ देखि १० सम्म १०५ जना विद्यार्थी रहेको मत्स्यनारायण माविमा सुरुकै दिनमा उत्साहजनक सहभागिता रहेको शिक्षक तामाङले बताउनु भयो । क्रमिक रुपले तल्लो तहहरुमा पनि अनलाइन कक्षा सञ्चालन गर्ने योजना रहेको विद्यालयले अहिले विहान १० बजेदेखि दिउँसो १:१० बजेसम्म कक्षा चलाउन थालिएको छ ।
थाहानगरमा सामुदायिक विद्यालयमा करिव १० हजार र निजीमा करिव ३७ सय विद्यार्थीहरु छन् । केही विद्यालयहरुले लुकीछिपी भौतिक कक्षाहरु चालाउन थालिएको भएपनि जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरुलाई पक्राउ गरि संक्रमण रोग ऎन २०२० बमोजिम कार्वाही गरेपछि ती कक्षाहरु बन्द भएका छन् ।
यस अघि साउन २७ गतेदेखि ३० गतेसम्म नगरका विभिन्न चार स्थानहरुमा शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक राखी कुनै न कुनै रुपमा विद्यार्थीहरुसङ्ग जोड्न निर्देशन दिइएको थियो ।
तस्वीर: झम्केश्वरी माविमा अनलाइन विधिबाट शिक्षण गर्दै शिक्षक, तस्वीर साभार प्रधानाध्यापक उद्वव आचार्यको फेसबुकबाट ।
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments