काठमाडौं/३० साउन
देशभर पछिल्लो चौबीस घन्टामा थप २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६७ पीसीआर परीक्षण गर्दा १ हजार ९४७ जना र ४ हजार ९०६ एन्टिजेन परीक्षण गर्दा ६७७ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै गत २४ घण्टामा देशभर २० जना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ।
देशभर हालसम्म ३९ हजार ४०५ जना सक्रिय संक्रमित छन्। शनिबार १ हजार ३२० जना संक्रमणमुक्त भएका छन्।
Featured News
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments