थाहानगर/२९ साउन
थाहा नगरपालिका मकवानपुर जिल्लामै लगातार तेस्रो पटक पनि उत्कृष्ट घोषित भएको छ ।
आज शुक्रबार हेटोंडामा भएको जिल्ला समन्वय समितिको छैठौं जिल्ला सभाको अवसरमा थाहा नगरपालिकालाई जिल्लाका स्थानीय तहहरुमध्ये उत्कृष्ट घोषणा गरेको हो ।
थाहा योसहित जिल्ला समन्वय समितिको मूल्याङ्कनमा तेस्रो पटक उत्कृष्ट घोषित भएको हो । उत्कृष्ट घोषणा भएको थाहा नगरपालिकालाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट तथा उपप्रमुख खड्ग गोपालीलाई सम्मान पत्र हस्तान्तरण गर्नु भयो ।
जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय तहहरुको कार्य प्रगति तथा स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन कार्यविधि, २०७७ को समेत अंकभारलाई आधार मानी पुरस्कृत गरिएको जिल्ला समन्वय प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । थाहा नगरपालिकाले ७९.५ अंक प्राप्त गरेको छ ।
त्यसैगरी मकवानपुरको दोस्रो स्थानीय तह मनहरी र तेस्रो बकैया गाउँपालिका भएको छ ।
यसैबीच नगरपालिका जिल्लामै उत्कृष्ट घोषणा पश्चात नगर प्रमुख लवशेर विष्टले सम्पुर्ण जनप्रतिनिधि, कर्मचारीहरुमा आभार व्यक्त गर्नु भएको छ । पालिकाको सफलता आम नगरबासीको सफलता भएको बताउनु हुँदै सफलताको उचाई कायम राख्न आगामी दिनमा सम्पूर्णको सहयोग आवश्यक रहेको बताउनु भयो ।
नगर उपप्रमुख खड्ग गोपालीले जिल्लामै उत्कृष्ट भएकोमा खुशी व्यक्त गर्नु हुँदै सम्पूर्ण नगरबसीमा धन्यवाद दिनु भएको छ । उपप्रमुख गोपालीले सफलता एकल पहलले नभई सामुहिक कामको प्रतिफल भएकोे बताउनु भयो । 

-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments