थाहानगर/२७ साउन
कोरोना संक्रमणका कारण बैशाख दोस्रो सातादेखि ठप्प रहेको शैक्षिक क्षेत्रलाई कुनै न कुनै गतिविधिसहित चलायमान गर्न थाहानगर शिक्षा समितिले निर्देशन दिएको छ ।
थाहानगर शिक्षा समितिको आयोजनामा बुधबार आग्राको इन्द्रायणी माविमा भएको १० वटा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक तथा वडा शिक्षा समितिका पदाधिकारीहरुको बैठकमा त्यस्तो निर्देशन दिइएको हो ।
बैठकमा नगर शिक्षा समितिका संयोजक शशीधर सुवेदीले कोरोनाको जोखिमबाट सुरक्षित रहन कुनै न कुनै क्रियाकलाप गर्न निर्देशन दिनुभयो । बैठकमा नगर शिक्षा अधिकारी शोभाकर रेग्मीले कोरोनाको कारण देखाएर शिक्षकहरु घरमा बस्न नपाउने बताउनु हुँदै तत्काल बिद्यालयमा उपस्थित भएर शैक्षिक क्रियाकलापमा जोडिन निर्देशन दिनुभयो ।
कार्यक्रममा थाहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरे, ८ नम्बर वडाध्यक्ष टिकाराम रुम्बा, शिक्षा समितिका सदस्यहरु सुरेन्द्रमान प्रधान, सुमन कार्कीलगायतले दूर तथा खुल्ला सिकाइ क्रियाकलापबाट विद्यार्थीसङ्ग जोडिन आवश्यक भैसकेको बताउनु भयो ।
बैठकमा सहभागी प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले भौतिक उपस्थिति बाहेक अन्य गतिविधिबाट विद्यार्थीलाई सिकाई क्रियाकलापमा जोडिन नसकेको बताउदै अब कोसिस गर्ने बताउनु भयो ।
सोही अनुसार भोलि बिहीबार साबिक बज्रबाराही र चित्लाङको बैठक बज्रबाराही माविमा, शुक्रबार साबिक टिष्टुङको बैठक बागेश्वरी माविमा र शनिबार साबिक दामन र पालुङको बैठक जेसीज हलमा आयोजना गरिएको शिक्षा शाखाले जनाएको छ ।
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments