Byroad News

Loading...

विद्यालय संचालन गरेका दुई निजी विद्यालयका संचालकहरुलाई १०/१० हजार जरिवाना


विद्यालय संचालन गरेका दुई निजी विद्यालयका संचालकहरुलाई १०/१० हजार जरिवाना

हेटौंडा/२५ साउन
कोरोनाका कारण जारी निषेधाज्ञा उलंघन गरि विद्यालय संचालन गरिरहेका हेटौंडाका दुई निजी विद्यालयका संचालकहरुलाई जनही १०/१० हजार रुपियाँ जरिवाना गरेको छ ।

संक्रमण रोग ऐन २०२० बमोजिम कसुर गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सो जरिवाना गरेको हो । हेटौडा ७ नागसोतीस्थित तासिर इङलिस सेकेण्डरी स्कुलका संचालक वर्ष ३६ को अमृत प्रसाद ढकाल र हेटौडा ५ स्थित ज्ञानोदय बालबाटिका स्कुलका संचालक मनहरी ५ बस्ने वर्ष ४० को श्याम कुमार बानियाँलाई सो जरिवाना गरेको हो । 

सो विद्यालयहरुले निषेधाज्ञा उलंघन गरी वरिपरिका विद्यार्थीहरुलाई विद्यालयमा बोलाएर भौतिक रुपमा कक्षा संचालन गरिरहेको अवस्थामा प्रहरीले उहाँहरुलाई पक्राउ गरी जिप्रका पठाइएको थियो । 

Comments

KATHMANDU WEATHER