हेटौंडा/२५ साउन
मकवानपुर प्रहरीले जारी निषेधाज्ञामा हेटौंडामा भौतिक रुपमा विद्यार्थीहरुलाई उपस्थित गराएर विद्यालय संचालन गरेको भन्दै २ वटा निजी विद्यालयका संचालकहरुलाई नियन्त्रणमा लिएको छ ।
हेटौंडा-७ स्थित तासिर ईङलिस सेकेन्डरी स्कुलका संचालक अमृत प्रसाद ढकाल र हेटौंडा स्थित ज्ञानोदय बालबाटिकाका संचालक श्याम कुमार बाँनिया नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान विद्यालयबाट नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका दुबै जनालई कारबाहीको लागि जिल्ला प्रशासन कार्यलय मकवानपुर पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
केहि दिन अघिबाट निषेधाज्ञालाई अवज्ञा गर्दै विद्यालय संचालन गरेको जानकारी आएको र अनुगमन गर्ने क्रममा विद्यालय संचालन गरिएको पाइएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।
जिल्लामा पछिल्लो पटक थप गरिएको निषेधाज्ञा साउन ३२ गतेसम्म रहेको छ । जिल्लामा पछिल्लो ३ महिनादेखि निषेधाज्ञा जारी रहेको छ ।
-
19 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments