काठमाडौं/२२ साउन
नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप – (सीयूजी) सेवामा आबद्ध हुने ग्राहकहरूका लागि नेपाल टेलिकमले विभिन्न अफरहरु ल्याएको छ । कर्पोरेट ग्रुपमा आबद्ध सदस्यहरुको आवश्यकतालाई दृष्टिगत गरी २००, ५००, १००० र १५०० रुपियाँ दरका विभिन्न सीयूजी प्याकेजहरु उपलब्ध रहेको टेलिकमको भनाइ छ ।
कम्पनीले उपलब्ध गराइरहेको यस सेवामा प्रिपेड मोबाइलका ग्राहकले २०० रुपियाँको प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक १०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस सुविधा तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने १ जीबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् ।
त्यसैगरी पोस्टपेड मोबाइलका ग्राहकले ५०० को प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस सुविधा तथा १०० वटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने ५ जीबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् ।
यी दुई बाहेक पोस्टपेड मोबाइलका ग्राहकले १००० र १५०० का अन्य प्याकेज समेत प्रयोग गर्न सक्दछन् । १००० को प्याकेज अन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल वा मासिक जम्मा १००० मिनेट कल गर्न सकिन्छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिन्छ । साथै यस प्याकेजमा १० जीबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन सकिन्छ । यसैगरी १५०० रुपियाँको प्याकेज अन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल गर्ने सुविधा वा मासिक जम्मा १५०० मिनेट कल गर्न सकिने सेवा लिन सकिन्छ । यस प्याकेजमा अन्य नेटवर्कमा २०० मिनेट कलका अतिरिक्त २० जीबी डाटा चलाउन र ४०० वटा एसएमएस पठाउन सकिन्छ ।
कुनै संस्था/कार्यालयले ग्रुपमा सहभागी गराउनु पर्ने मोबाइल नम्बर र प्राप्त गर्न चाहेको प्याकेज पत्रमा उल्लेख गरी कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ । न्यूनतम १० जना प्रिपेडरपोष्टपेड मोबाइल प्रयोगकर्ता समेटी आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइने छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments