काठमाडौं/२१ साउन
सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको आईपीओमा दुइ दिनमा झण्डै १५ लाख आवेदकले आवेदन दिएका छन्।
बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार बिहीबार बेलुका ५ बजेसम्ममा कम्पनीको आईपीओमा १४ लाख ९५ हजार ३८९ जना आवेदकबाट २ करोड ३८ लाख ११ हजार ७१० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो।
कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपियाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपियाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ।
कम्पनीको आईपीओमा साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपियाँ रहेको छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब करोड रुपियाँ पुग्नेछ।
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments