भीमफेदी/२० साउन
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को भीमफेदी कमिटीले गाउँपालिकासङ्ग सबै विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन माग गरेको छ ।
आज गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबैलाई पत्र सहित कोभिड खोपको माग गरेको हो ।
बर्तमान समयमा कोरोनाको तेस्रो भेरियन्ट नेपालमा पनि देखा परेको सन्दर्भमा बालबालिका तथा विद्यार्थीहरुमा जोखिम बढ्ने भन्दै विद्यार्थीहरुको लागि खोप माग गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य आशिष अस्लामीले जानकारी दिनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डले भौतिक उपस्थितिमा परीक्षा लिन लागिएको भन्दै कोरोना संक्रण फैलनबाट बच्न विद्यार्थीलाई तत्काल खोपको व्यवस्था हुनु पर्ने माग गरिएको छ ।
मन्त्रालयले निर्देश नगरी लगाउदा प्रतिक्रियाको जवाफदेहिता कस्ले दिने भन्ने अन्यौलता रहेको तथा खोपमा उमेर हद रहेकोले पनि विद्यार्थीलाई खोप लगाउने बारे अन्यौलता रहेको पत्र बुझ्दै गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनु भयो ।
तर, आफूहरु विद्यार्थीलाई खोप लगाउने बारे सकारात्मक रहेको अध्यक्ष लामाको भनाई थियो ।
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments