थाहानगर/२० साउन
पछिल्लो २४ घण्टामा मात्रै देशभर ४१ सय ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ३५४ जनामा परीक्षण गर्दा २ हजार ९७५, एन्टीजेन विधिबाट ४ हजार ९४४ जनाको परीक्षण गर्दा ११३२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म ३९ लाख बढीको कोरोना परीक्षण भएकामा ७ लाख ६७ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ६ लाख ६१ हजार ६५१ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ९५७ पुगेको छ ।
यसैगरी, मकवानपुरमा मात्रै आज कोरोना संक्रमितको संख्या १ सय ५ जना थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १ सय ७३ जनामा पीसीआर परीक्षणमा ९६ जना र ५९ जनाको एन्टीजेन परीक्षणमा ९ जना गरी थप १ सय ५ जनामा कोराना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । आज पुष्टि हुनेहरुमा सबैभन्दा बढी ८९ जना हेटौंडा उपमहानगरपालिका भित्रका छन् । यसैगरि थाहा नगरपालिका, मनहरी, भीमफेदी र मकवानपुरगढी गाउँपालिका भित्रका ४/४ जना रहेका छन् ।
यो संगै मकवानपुरमा सक्रिय संक्रमिको संख्या ११ सय ५ जना पुगेका छन् । जसमा १०३८ जना आफ्नै घरमा र ६७ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
यसैगरि मकवानपुरमा पछिल्लो २४ घण्टामा ५१ जना संक्रमित निको भएका छन् ।
हालसम्म मकवानपुरमा कोरोनाको कारण १ सय ४५ जनाको मृत्यु भएको तथ्याङ्क छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments