थाहानगर/१८ साउन
मकवानपुरको थाहा नगरपालिकामा लगातार कोरोना संक्रमितको संख्या वृद्धि भैरहेको छ ।
सोमबार थाहानगरमा १० जनामा एन्टीजेन परिक्षण गर्दा ४ जना अर्थात ४० प्रतिशतमा संक्रमण पुष्टि भएको छ । यो सङ्गै थाहानगरमा सक्रिय संक्रमितको संख्या १८० पुगेको छ ।
वडा नम्बर १ मा मात्रै ५० र ६ नम्बरमा ४४ र ३ नम्बरमा ४० जना गरि १३५ जना सक्रिय संक्रमित छन् । बाकी अन्य वडाहरुका छन् । १ नम्बर वडामा पनि कुन्छाल गाउँ सबैभन्दा बढि संक्रमित छन् । ६ नम्बर वडा बज्रबाराही र ३ नम्बर थाना बजारदेखि शिखरकोट हुँदै घर्तिखोला दम्कीसम्म पर्दछ ।
वडा नम्बर ७, ८ र ११ मा संक्रमण दर शून्य छ भने अन्य वडाहरुमा संक्रमण दर न्यून छ । थाहानगरमा कोरोना संक्रमण दर नघट्दा विद्यालय सञ्चालन अन्यौल बन्दै गएको छ ।
Featured News
-
19 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments