काठमाडौं/१७ साउन
मैलुङ खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा आइतबार साँझसम्ममा झण्डै १८ लाख बढी आवेदन परेको छ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार आइतबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा १७ लाख ७६ हजार ७११ जना आवेदकबाट २ करोड ४१ लाख ६३ हजार ४८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।
कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको छ। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसपछि बाँकी रहने ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गरेको शेयरमा साउन १८ गतेसम्ममा आवेदन दिन सकिने छ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपियाँ रहेको छ। सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपियाँ पुग्नेछ।
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments