# Recent News
काठमाडौं/१५ साउन
मुलुकमा कोरोना संक्रमण दर बढ्न थालेपछि नियन्त्रणका उपायबारे छलफल गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ ।
अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । सचिवालयका अनुसार देशमा कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल गर्न बैठक बोलाईएको हो ।
नेपालमा हिजो मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments