थाहानगर/१५ साउन
थाहानगरका ५ सय उद्योगी व्यवसायी र सहकारीहरुमा कार्यरत कर्मचारीहरुलाई आज शुक्रबार भेरोसेल खोप लगाइदै छ ।
विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म थाहानगर उद्योग वाणिज्य संघको कार्यालय शिखरकोटबाट खोपको पहिलो डोज लगाउन लागेको संघका महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिनुभयो ।
संघको बुधबार बसेको कार्यसमितिको बैठकले खोप लगाउन अनलाइन फाराम भरेर सोको स्कीन सर्ट र कुनै पनि निकायमा आफ्नो व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि वा सोको पनि फोटोसहित अन्य परिचय खुल्ने परिचयपत्र बोकेर आउने व्यवसायीलाई खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ ।
संघको कोटामा प्राप्त खोप १८ वर्षदेखि माथि सरकारले खोप लगाउन अनुमति दिएका उमेर समुहसम्मका एक व्यवसायी फर्मका एक जनालाई उपलब्ध गराउन लागेको हो ।
"अनलाइन फाराम भरेर पनि दिन नपुगेका व्यवसायीहरुलाई फेरि अर्को चरणमा लगाउने व्यवस्था गरिनेछ, त्यसको लागि नगरपालिकासङ्ग पनि सहकार्य भईरहेको छ ।" संघका अध्यक्ष कबिराज खत्रीले भन्नुभयो, "सबैका लागि खोप अनिवार्य छ, धैर्य गरेर बसौं, ढिलोचाडो सबैलाई खोप उपलब्ध गराउन हामी प्रयत्नशील छौँ ।"
थाहानगर उद्योग वाणिज्य संघले लामो समयदेखि थाहा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयमा खोप उपलब्ध गराउन माग गरिरहेको थियो ।
व्यवसायी कै नाममा ल्याइएको ५ सय डोज खोप संघ कै व्यवस्थापनमा लगाउने व्यवस्था मिलाइएको थाहानगरका मेयर लवशेर विष्टले बताउनु भयो ।
संघले तत्काल ९ सय डोज खोप माग गरेको थियो । अनलाइन फाराम भर्न यहाँ क्लिक गर्नुहोस् ।https://vaccine.mohp.gov.np/
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments