Byroad News

Loading...

अनलाइन फाराम भर्ने सबैले खोप पाउने (फाराम सहित)


अनलाइन फाराम भर्ने सबैले खोप पाउने (फाराम सहित)

थाहानगर/१४ साउन
थाहा नगरपालिकामा बिहीबारसम्म करिब ६ हजार नागरिकले कोरोना विरुद्धको खोप पाएका छन् । अझै करिब ३० हजारले खोप पाउन बाँकी देखिन्छ ।

सरकारले उमेर र अग्रभागमा रहेर काम गर्नेहरुलाई प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था प्रति आम नागरिकको गुनासो हुँदै आएको छ । तर, अब कति नागरिकले खोपको माग गरेका छन् सोहि मागको आधारमा खोप लगाउन अनलाइन फाराम भर्न अनिवार्य गरेको छ । 

अनलाइन फाराम भरेका आधारमा क्रमैसँग सबैलाई खोपको व्यवस्था गर्ने विषयमा जिल्ला खोप समन्वय समितिको बैठकमा छलफल भएको छ । 

थाहा नगरपालिकाले पनि नगरमा क्रियाशील सहकारी संस्थाहरुमार्फत् सबै सहकारीका सदस्यहरुलाई अनलाइन फाराम भर्ने र सोको विवरण नगरपालिकामा उपलब्ध गराएर खोपको माग अनुसार आपूर्तिको व्यवस्था मिलाउन लागिएको नगर प्रमुख लवशेर विष्टले बाइरोडलाई बताउनु भयो । 

‘सबै सहकारीहरु, उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुको फाराम भरिदिनेछ, र त्यसरी अनलाइन भरेको मागका आधारमा नपुग खोप ल्याएर लगाउने व्यवस्था गरिनेछ’ प्रमुख विष्टले भन्नुभयो, ‘अबको चरणमा मागमा आधारित खोप वितरण कार्यक्रम गरिन लागेको हुनाले सबैले अनलाइन फाराम भर्न अनिवार्य छ ।’

अनलाइनको पहुँचमा नभएका नागरिकहरुले कुनै न कुनै संघसंस्था/वडा कार्यालय/सहकारी लगायतका निकायहरु मार्फत् फाराम भर्ने व्यवस्था गरिनेछ । 

जिल्ला खोप समन्वय समितिले अबको चरणमा अनलाइन मागका आधारमा हेटौंडा उपमहानगरपालिकालाई उपलब्ध गराएपछि थाहा नगरपालिकालाई उपलब्ध गराउने सहमति भएको छ । यसैबीच, भोलि शुक्रबार थाहानगर उद्योग वाणिज्य संघमा ५ सय व्यवसायीहरुलाई खोप लगाउने व्यवस्था गरिएको छ । खोप लगाउनका लागि अनलाइन भरिएको फारामको स्कीन सर्ट र कुनै न कुनै निकायमा व्यवसाय दर्ता गरिएको प्रमाणपत्रको प्रतिलिपि वा फोटो खिचेर लानु पर्नेछ ।
फाराम भर्न यहाँ क्लिक गर्नुहोस् । 

https://vaccine.mohp.gov.np/

 

Comments

KATHMANDU WEATHER