Byroad News

Loading...

थाहामा कोरोना: अब १५६ जना निको हुन बाकी

थाहा ७, ८ र ११ मा सून्य

थाहामा कोरोना: अब १५६ जना निको हुन बाकी

थाहानगर/१२ साउन
मकवानपुरको थाहानगरमा दोस्रो भेरियन्ट सुरु भएदेखि १०५९ जनामा कोरोना संक्रमण देखिएकोमा अब १५६ जना निको हुन बाकी देखिएका छन् ।

हालसम्म ८८० जना संक्रमित निको भइसकेका छन् । अहिले परिक्षणको दायरा खुम्चिदै गए पनि संक्रमित भने प्रत्येक दिन थपिदै गएको छ । 

मङ्गलबार २१ जनाको परिक्षण गरिएकोमा ४ जनामा संक्रमण पुष्टि भएको छ । यो समेत गरि आजसम्म थाहा १ मा ४९ जना, २ मा ७ जना, ३ मा ३१ जना, ४ मा १२ जना, ५ मा ७ जना र ६ मा ४१ जना सक्रिय संक्रमित छन् ।

यसैगरी थाहा ९ मा ३ जना, १० मा २ जना र १२ मा ३ जना सक्रिय संक्रमित बाकी छन् । वडा नम्बर ७ मा ८२, ८ मा ८० र ११ मा ६७ जनामा संक्रमण देखिएकोमा ७ र ८ मा सबै निको भएका छन् भने ११ मा एक जना संक्रमितको मृत्यु भई अन्य सबै निको भईसकेको स्वास्थ्य शाखाले जनाएको छ ।

अहिले सक्रिय संक्रमितमध्ये १३९ जना होम आइसोलेसनमा ७ जना बज्रबाराही आइसोलेसनमा र १० जना नगर बाहिर बिभिन्न अस्पतालहरुमा उपचाररत छन् ।

Comments

KATHMANDU WEATHER