थाहानगर/१२ साउन
नेपालमा फेरि कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अल्फा, डेल्टापछि अर्को कप्पा भेरियन्ट पुष्टि भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराउनु भएको हो ।
नेपालमा अहिले पछिल्लो पटक भेटिएको भेरियन्ट बढी संक्रामक रहेको र सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने अध्ययनबाट पाइएको छ । “त्यसैले संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
जेठको मध्यदेखि असारमशान्तसम्म देशका विभिन्न भागहरुमा विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४७ वटा नमुनाहरु भारतमा पठाइएको थियो ।
यसैबीच, आज थाहानगरमा ८६० जनाले कोरोनाविरुद्दको अमेरिकी कम्पनीको जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् । आज थाहाको आग्रा स्वास्थ्य केन्द्र बाहेक अन्य सबै स्वास्थ्य केन्द्रहरुमा यो खोप सञ्चालन गरिएको थियो । आज ४४१ पुरुष र ४१९ महिलाले खोप लगाएका छन् ।
भेरोसेलको तुलनामा यो खोपमा नागरिकको आकर्षक बढेको देखिएन । १८ सय डोज खोप आएकोमा ५० वर्ष माथिका उमेर समूहका व्यक्तिलाई प्राथमिकता दिइएको छ । साथै, अपाङ्गता भएका, यस अघि लक्षित वर्गमा परेर खोप लगाउन छुटेकाहरुलाई पनि यो खोप दिइएको थाहानगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनु भयो ।
प्रमुख बलामीका अनुसार खोप बाकी रहेमा बैदेशिक रोजगारीमा जानेहरुका लागि सुरक्षित राखिनेछ । भोलि साउन १३ गते बज्रबाराही, आग्रा स्वास्थ्य चौकी र प्राथमिक स्वस्थ्य केन्द्र पालुङमा जोन्सन एन्ड जोन्सन खोप लगाइनेछ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments