थाहानगर/१२ साउनजिल्ला खोप समन्वय समितिको आज (मंगलबार) बसेको बैठकले मकवानपुरको थाहा नगरपालिकाका व्यवसायीका लागि ५ सय भेरोसेल खोप उपलब्ध गराउने निर्णय गरेको छ । समितिले थाहानगर उद्योग वाणिज्य संघ र थाहा नगरपालिकाको मागलाई संवोधन गरेको बैठकमा सहभागी थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिनुभयो ।
लामो समयदेखि अग्रभागमा रहेर काम गरिरहेका व्यवसायीहरु असुरक्षित रहेको भन्दै व्यवसायीहरुको प्रतिनिधिमूलक संस्था थाहानगर उद्योग वाणिज्य संघले थाहा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयसँग खोपको माग गरिरहेको थियो ।
खोप उपलब्ध गराएपछि थाहानगर उद्योग वाणिज्य संघले समानुपातिक वितरण प्रणाली कायम गर्न भन्दै बुधबार कार्यसमितिको बैठक बोलाएको संघका महासचिव सुरेन्द्रमान प्रधानले बताउनु भयो । माग बमोजिमको संख्यामा खोप प्राप्त नभएको भएपनि आउने खोपलाई व्यवस्थित गरिने महासचिव प्रधानले बताउनु भयो ।
थाहा नगरपालिकामा मंगलबारसम्म करिब ६ हजार बढी नागरिकले खोप पाइसकेको थाहानगर स्वास्थ्य शाखाले जनाएको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments