Byroad News

Loading...

कोरोना संक्रमतिको संख्यामा निरन्तर बृद्धि, आज १७७८ निको हुँदा ३८९९ जना थपिए


कोरोना संक्रमतिको संख्यामा निरन्तर बृद्धि, आज १७७८ निको हुँदा ३८९९ जना थपिए

काठमाडौं/१२ साउन
निषेधाज्ञा खुकुलो भएसंगै नेपालमा कोरोना भाइरसका संक्रमितको संंख्यामा निरन्तर बृद्धि भइरहेको छ । विगत दुई दिनको तथ्यांक हेर्ने हो भने संक्रमित थपिने संख्या तीन हजार माथि रहेको छ ।  

पछिललो २४ घण्टामा नेपालमा ३८९९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरडीटी र पीसीआर परिक्षण गर्दा २७२६ जना र एन्टिजन परिक्षण गर्दा ११७३ जना गरि जम्मा ३८९९ जना नयाँ संक्रमित थपिएका हुन् । सोमबार पनि नेपालमा ३४२१ जना नयाँ संक्रमित थपिएका थिए ।   

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ८५ हजार ६७३ हजार रहेको छ । संक्रमितमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २८ हजार ८३६ रहेको छ ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा १७७८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २० रहेको छ । 

Comments

KATHMANDU WEATHER