थाहानगर/१२ साउन
थाहा नगरपालिकामा आज साउन १२ गते र भोलि १३ गते कोरोना विरुद्धको अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन खोप लगाइदैछ ।
तर १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकलाई भनिए पनि ५० वर्ष माथिका लागि प्राथमिकता रहने थाहानगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनु भयो । तर, यस अघि प्राथमिकतामा परेर छुटेका विभिन्न पेशाकर्मी र उमेर समूहलाई पनि प्राथमिकतामा राखिएको छ ।
एक डोज मात्र लगाए पुग्ने यो खोप आज साउन १२ गते थाहानगरका सबै स्वास्थ्य केन्द्रहरुबाट लगाइदैछ । थाहानगरका लागि १८ सय डोज मात्र खोप उपलब्ध भएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनु भयो ।
हेर्नुहोस कहाँ कहाँ, कहिले कहिले, कस कसलाई लगाउदै छन् खोप?
Featured News
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments