थाहानगर/११ साउन
थाहानगरलगायत मकवानपुर जिल्ला भरी भोलि साउन १२ र पर्सि साउन १३ गते कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सनको खोप अभियान सञ्चालन हुँदैछ तर खोप लगाउनका लागि १८ वर्षदेखि ५० वर्ष उमेर समुहकाले फाराम भर्नु पर्नेछ ।
यहि साउन १२ गते र १३ गते थाहानगरमा जोन्सन एण्ड जोन्सनको खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मकवानपुरमा हालसम्म कोभिसिल्डको पहिलो डोज २१ हजार ८ सय ५५ जनाले लिएका छन् भने कोभिडसिल्डको दोस्रो डोज ८ हजार ३ सय ७५ जनाले लिएका छन् ।
यसैगरि कोरोना विरुद्ध भेरोसेल खोपको पहिलो डोज ३० हजार ९ सय ३९ जनाले लिएका छन् भने दोस्रो डोज हिजोसम्म ५ हजार ९ सय ८८ जनाले लिएका छन् ।
भोलिदेखि लगाइने जोन्सन एण्ड जोन्सनको खोप १८ वर्ष उमेर देखि ५० वर्ष उमेर समूहकाले लगाउन पाउने छन् । जिल्लाको लागि अहिले २३ हजार खोप आएको छ । खोपको लागि अनलाईन फारम भर्नुपर्नु पर्ने छ । फारम भरेकाले आफ्नो स्थानीय तहको नजिकको खोप केन्द्रबाट खोप लगाउन पाउने छन् ।
यसरी भर्न सकिन्छ फारम:
कोरोना विरुद्धको खोप लगाउनको लागि अनलाईन फारम भर्नुपर्ने भएको छ । जिल्लाभरि साउन १२ गते र १३ गते खोप लगाईदै छ । खोपको लागि १८ वर्ष देखि ५० वर्ष उमेर समूहकाले स्वास्थ्य मन्त्रालयको वेवसाईटमा कोभिड-१९ पहिलो डोज खोपको लागि फारम भर्नुपर्ने स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
फारम भर्न यहाँ क्लिक गर्नुहोस्।https://vaccine.mohp.gov.np/
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments