काठमाडौं/१० साउन
राष्ट्रिय परीक्षा बोर्डले सोमबारदेखि एसईईको मूल्याङ्कन रुजु गर्ने भएको छ । आइतबारसम्म पर्सा र रौतहटबाहेक सबै जिल्लाको मूल्याङ्कन नतिजा परीक्षा नियन्त्रण कार्यालयमा प्राप्त भएको बोर्डले जनाएको छ ।
बाँकी रहेको दुई जिल्लाको मूल्याङ्कन पनि अबेरसम्ममा आइसक्ने भएकाले सोमबारदेखि प्राप्त मूल्याङ्कन रुजु एवं तालिकीकरणको काम सुरु हुने एसईई परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्कन नतिजाको हार्डकपी र सफ्टकपी असारभित्र परीक्षा नियन्त्रण कार्यालयमा पठाइसक्न शिक्षा विकास समन्वय इकाईलाई निर्देशन दिएको भए पनि प्राकृतिक विपत्ति लगायतका कारणले तोकिएको समयमा आइपुगेको थिएन ।
भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्याङ्कन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्याङ्कन गर्ने निर्णय गरेको थियो ।
-
22 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments