काठमाडौं/७ साउन
नेपाल राष्ट्र बैंकले नयाँ नोट छपाइको प्रक्रिया सुरु गरेको छ । जसअन्तर्गत नोटको डिजाइन, छपाइ र आपूर्ति समेत गर्न इच्छुक कम्पनीहरूलाई पूर्व छनौट प्रक्रियामा सहभागी हुन सूचना जारी गरेको हो ।
राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको सूचना अनुसार इच्छुक कम्पनीले अबको ४५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । जसका लागि १५ हजार रुपियाँ आवेदन शुल्क निर्धारण गरिएको छ ।
विदेशी संस्थाहरूले आवेदन दिने हो भने अमेरिकी डलर १३०, युरो ११०, पाउण्ड स्टर्लिङ १०० तिरेर आवेदन दिन सक्नेछन् । इच्छुक कम्पनीहरुले ५ सेप्टेम्बर २०२१ को मध्यान्हसम्ममा आवेदन दिइसक्नुपर्ने छ भने सोही दिन १ बजे त्यो आवेदन पत्रहरू खोलिने राष्ट्र बैंकले जनाएको छ ।
Featured News
-
22 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments