Byroad News

Loading...

थाहा नगरमा अनुमानित भन्दा ३ करोड बढी आम्दानी (शीर्षक सहित हेर्नुहोस्)


थाहा नगरमा अनुमानित भन्दा ३ करोड बढी आम्दानी (शीर्षक सहित हेर्नुहोस्)

सुरेन्द्रमान प्रधान/७ साउन
मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा अनुमानित भन्दा ३ करोड बढी राजश्व संकलन भएको छ । 

आ.व. ०७७/०७८ मा कुल ५ करोड ५ लाख ६० हजार रुपियाँ आम्दानीको अनमान गरिएकोमा विभिन्न शीर्षकहरुमा गरी कूल ८ करोड ४६ लाख ६० हजार ९४७ रुपियाँ ४६ पैसा आम्दानी भएको हो । 

थाहा नगरपालिका राजश्व शाखाका अनुसार सम्पत्ति कर ६१ लाख ७५ हजार ९७६ रुपियाँ, भूमि कर ९३ लाख ३१ हजार ४५० रुपियाँ, बहाल कर ६ लाख ७३ हजार ६९४ रुपियाँ, व्यवसाय कर ७ लाख २४ हजार ५३० रुपियाँ, तरकारी निकासी कर ५० लाख २१ हजार ९८० रुपियाँ, गत आर्थिक वर्षको तरकारी निकासी कर २१ लाख ३३ हजार ४९९ रुपियाँ आम्दानी भएको छ । 

यसैगरी, प्राकृतिक स्रोत निकासी २ करोड ११ लाख ५२ हजार ७७७ रुपियाँ, गिट्टी, बालुवा गत वर्षको मशान्तसम्म २५ लाख ९१ हजार ७० रुपियाँ, विज्ञापन कर ५२ हजार ५ सय, वडाहरुको सेवा शुल्क दस्तुर ४८ लाख ४५ हजार ३०६ रुपियाँ, नक्सापास २ लाख ७४ हजार ३१३ रुपियाँ, गैरी गाउँ ढुंगा निकासी ५२ लाख ७९ हजार, मालपोत रजिष्ट्रेशन १ करोड ६७ लाख ८५ हजार ४७८ रुपियाँ, किताब विक्रीबाट ४७ हजार ५ सय, दामन भ्युटावर तथा विविध आम्दानी २५ लाख ७१ हजार ८७२ रुपियाँ र जिल्ला समन्वय समिति कोष ७० लाख रुपियाँ सहित गरी कुल ८ करोड ४६ लाख ६० हजार ९४७ रुपियाँ ४६ पैसा आम्दानी भएको छ । 

व्यवसाय करमा ११ लाख २० हजारको अनुमान गरिएकोमा लक्ष्य प्राप्त गर्न सकेन । त्यसैगरी, तरकारी निकासी कर, नक्सापास, किताब विक्री शीर्षकमा अनुमान अनुसारको लक्ष्य प्राप्त गर्न सकेन भने सवारी कर, मनोरञ्जन, बाल विटौली, पर्यटन शुल्कमा कुनै पनि आम्दानी हुन सकेन । 

शीर्षकसहित विस्तृत विवरण:

Comments

KATHMANDU WEATHER