Byroad News

Loading...

भोलि थाहानगरमा ५६० जनालाई भेरोसेल लगाइने, कसकसले पाउँछन् त?


भोलि थाहानगरमा ५६० जनालाई भेरोसेल लगाइने, कसकसले पाउँछन् त?

थाहानगर/७ साउन
भोलि साउन ८ र ९ गते थाहा नगरपालिकामा फेरि भेरोसेल खोपको पहिलो डोज खोप लगाइँदैछ ।

यसअघि असार ३१ र साउन १ गते विद्यालयसँग सम्बन्धित र ५५ वर्ष माथिका उमेर समुहका गरी १९५० जनाले भेरोसेल खोप लगाएका थिए । अब भोलि साउन ८ गते ५६० डोज खोप लगाइँदैछ । यसपटक भने ५५ वर्ष माथिका उमेर समूहका लागि पहिलो डोज खोप लगाइने स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनु भयो । 

भोलि साउन ८ र ९ गते प्राथमिक स्वास्थ्य केन्द्र पालुङ, स्वास्थ्य चौकी बज्रबाराही, टिष्टुङ र चित्लाङ र पालुङमा खोप लगाउने तय भइसकेको छ । 

यसैबीच, बिहीबार बसेको नगरस्तरीय कोभिड रोकथाम ताथ नियन्त्रण निर्देशन समितिको बैठकल साउन १३ र १४ गते एक डोज मात्र लगाए पुग्ने अमेरिकन कम्पनी जोन्सन एण्ड जोन्सन पजेप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य शाखालाई निर्देशन दिएको छ । 

थाहानगरमा कुल ४८ हजार बढी जनसंख्या रहेकोमा यस अघि ३३९३ जनाले पहिलो डोज र ५५५ जनाले दोस्रो डोजको खोप पाइसकेका छन् । 
 

Comments

KATHMANDU WEATHER