Byroad News

Loading...

मकवानपुरमा साउन १४ सम्म थपियो निषेधाज्ञा


मकवानपुरमा साउन १४ सम्म थपियो निषेधाज्ञा

थाहानगर/६ साउन
मकवानपुरमा आगामी साउन १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । 

गत बैशाख २१ गतेबाट जारी निषेधाज्ञालाई साउन १४ गतेसम्म थप गरिएको हो । आज बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले जिल्लामा जारी निषेधाज्ञा थप एक हप्ता थप्ने निर्णय गरेको हो ।

बैठकले साउन ७ गते राति १२ बजेदेखि साउन १४ गते बिहीबार राति १२ बजेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

बैठकले जिल्लामा कोरोना संक्रमितको दर घट्दै गएको तर, जोखिम यथावत नै रहेको हुँदा संक्रामक रोग २०२० को दफा २, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जारी निषेधाज्ञालाई निरन्तरता दिइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो । 

निषेधज्ञामा यस अघिको निर्णयलाई यथावत राखिएको छ । जस अनुसार बिहान ४ बजेबाट ११ बजेसम्म खाद्यान्न ब्यवसाय तथा ११ बजेबाट साँझ ६ बजेसम्म अन्य ब्यवसायहरु सञ्चालन हुनेछन् । संघिय सरकारले बन्द गरेका शैक्षिक संस्था सहितका ब्यवसाय भने बन्द नै रहने छ ।

Comments

KATHMANDU WEATHER