# Recent News
थाहानगर/४ साउन
थाहानगरमा अझै कोरोना संक्रमित दरमा कमी आएको छैन । कुल ४८ हजार बढी जनसंख्या रहेको थाहामा अहिलेसम्म १० प्रतिशतले खोप समेत नपाएको अवस्थामा संक्रमण दर पनि नघट्नुले अझै जोखिम बढिरहेको सोमबारको तथ्यांकले पुष्टि गरेको छ ।
सोमबार ११ जनामा कोरोना परिक्षण गरिएकोमा ७ जना अर्थात ६३.६३ प्रतिशतमा कोरोना पुष्टि भएको छ । यो समेत गरि थाहानगरमा कुल सक्रिय संक्रमितको संख्या २३० पुगेको छ । थाहानगरमा तथ्यांक सुचिकृत नभएपनि सोमबारसम्म थाहानगरका १८ जनाको कोरोनाकै कारण मृत्यु भैसकेको छ ।
सोमबारसम्म २१३ जना होम आइसोलेसनमा छन् भने १० जना थाहानगर बाहिर विभिन्न अस्पतालहरुमा उपचाररत छन् भने ७ जना बज्रबाराही आइसोलेसनमा छन् । सोमबारसम्म २७८२ जनामा परिक्षण भैसकेको छ । अहिलेसम्म कुल १०२६ जनामा संक्रमण पुष्टि भएकोमा ७८४ जना निको भैसकेका छन् ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments