थाहानगर/४ साउन
कोरोनाको जोखिममा पनि अग्र भागमा रहेर काम गरिरहेका उद्योगी/व्यवसायीहरुको छाता संगठन थाहानगर उद्योग वाणिज्य संघले आक्रोस व्यक्त गरेको छ ।
हाल तत्काल कम्तिमा न्यूनतम ७ सय डोज खोप माग गरेकोमा जम्मा ३५ डोज मात्र खोप उपलब्ध गराउने बताएपछि खोप स्वीकार नगरी बहिस्कार गरेको अध्यक्ष कबिराज खत्रीले बाइरोडसङ्ग बताउनु भयो ।
"तत्कालका लागि ७ सय डोज आवश्यक रहेको भन्दै माग गरेका थियौं तर जम्मा ३६ डोज मात्र दिने खबरले हामीलाई पीडा महसुस भयो, आफै मात्र नभई सिङ्गो परिवार नै जोखिममा राखेर व्यवसाय गरेका हामीलाई अबमुल्यन गरेको छ, यो खोप हामीलाई चाहिदैन ।" अध्यक्ष खत्रीले गुनासो गर्नुभयो, "हामी किनेरै पनि लगाउन तयार छौँ तर उपलब्ध गराउनु पर्यो, थाहानगरमा मात्र ३ हजार डोज खोप आवश्यक छ तर हामीले जम्मा ७ सय मात्र माग गरेका थियौं ।"
अध्यक्ष खत्रीले ३५ डोज मात्र खोप उपलब्ध गराएर व्यवसायहरुबीच नै फाटो ल्याउने नियत समेत देखाएको आरोप पनि लगाउदै भन्नुभयो, "अब ३५ डोज खोप हामीले कसलाई सिफारिस गर्ने? यो सरासर एकआपसमा फाटो ल्याउने नियत हो त्यसैले सबैलाई पुग्ने डोज नदिउञ्जेल हामी कसैले पनि लगाउने छैनौं "
थाहानगर उद्योग वाणिज्य संघले थाहा नगरपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत ७ सय डोज खोप माग गरेको थियो ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments