Byroad News

Loading...

साउन १५ गतेभित्र ३२ लाख भेरोसेल खोप आउने


साउन १५ गतेभित्र ३२ लाख भेरोसेल खोप आउने

काठमाडौं/२ साउन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने जानकारी दिएको छ । 

आगामी साउन ६ गतेबाट चीनबाट खरिद गरिएका थप खोपहरु आउने तथा त्यसपछि पछि निरन्तर अन्य खोपहरु नेपाल आउने क्रम जारी रहने मन्त्रालयले जनाएको छ ।

सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको छ । सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार ८ लाख डोज खोप आइसकेको छभने साउन ६ गतेदेखि थप खोप आपूर्ति हुनेछ ।

मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै भन्नु भएको छ, ‘हामी सबैले खोप लगाउन पाउने छौँ ।’

मन्त्रालयले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका सम्पूर्ण व्यक्तिहरूका लागि दोस्रो मात्राको खोप व्यवस्था भइसेकेको पनि जानकारी दिएको छ ।

Comments

KATHMANDU WEATHER